१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दिनको सुरुवात कसरी गर्ने?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:५४:oo

पानी पिउनुस् : बिहान उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । यसले शरीर र दिमाग हाइड्रेट गर्छ र ऊर्जाशील बनाउँछ । 

व्यायाम : बिहान कम्तीमा एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा शरीर तन्कन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङ वाकमा जानु राम्रो हुन्छ । कोठाभित्रै योग गर्न पनि सकिन्छ । डान्स गर्न पनि सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । 

ध्यान : बिहान व्यायाम गरिसकेपछि कम्तीमा १० मिनेट ध्यान गर्नुस् । १० मिनेट नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट बच्न सकिन्छ । 

डायरीमा लेख्नुस् : हामी धेरै प्लान बनाउँछौँ, तर हतारोका कारण भोलिपल्टै बिर्सन्छौँ । बिहान उठेर नित्यकर्म गरिसकेपछि डायरी लेख्ने र योजना बनाउने कामले तपाईलाई प्रभावकारी बनाउँछ । त्यसैले बिहान आफ्नो प्लान तयार गर्नुस् । नोटबुकमा पूरै दिनका काम लेख्नुस् । यसले तपाईंको मस्तिष्कलाई पनि एक्सरसाइज गराउँछ । त्यस्तै, तपाईं हतारो नगरी योजनाबद्ध रूपमा आफ्ना काम सम्पन्न गर्नसक्नुहुन्छ । 

स्वस्थ ब्रेकफास्ट : दिनभर ऊर्जावान् बन्नका लागि बिहान नास्तामा स्वास्थ्य आहार लिन जरुरी छ । रोटी, दूध वा जुससँगै नास्ताको प्लेटमा केही प्रोटिनयुक्त आहार समावेश गर्नु राम्रो हुन्छ । जौको सातु, अन्डा, बदाम, फलफूललगायत सेवन गर्न सकिन्छ । कतिपयले बिहान नास्ता नलिई सीधै खाना खान्छन् । तर, यो राम्रो होइन । नास्ता लिने बानीले दिउँसो अत्यधिक भोजन गर्ने बानी पनि छुट्छ । सन्तुलित मात्रामा खानाले मोटोपन घट्छ, मस्तिष्क ऊर्जाशील बन्छ ।   

ad
ad
ad
ad