Skip This
विवादबीच सकियो क्यानको बोर्ड बैठक, उपाध्यक्ष सिंहलाई स्पष्टीकरणदेखि अप्सरीलाई कारबाहीसम्मका निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
फाइल तस्बिर
रमेश सुवेदी काठमाडौं
२o८१ असार २१ शुक्रबार १७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

विवादबीच सकियो क्यानको बोर्ड बैठक, उपाध्यक्ष सिंहलाई स्पष्टीकरणदेखि अप्सरीलाई कारबाहीसम्मका निर्णय

सन्दीप केन्द्रीय सम्झौतामा समावेश 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १७:५३:oo

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ। बिहीबार बसेको बोर्ड बैठकपछि टी–२० विश्वकपबाट राष्ट्रिय टिममा कमब्याक गरेका लेग स्पिनर सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा समावेश गरिएको छ। 

लामिछाने ‘ए’ श्रेणीमा स्थान बनाउन सफल भएका हुन्। यस्तै, टिम प्रशिक्षक र व्यवस्थापनमाथि अभद्र व्यवहार गरेको भन्दै अप्सरी बेगमलाई तत्काललाई निलम्बन गरिएको छ। यस विषयमा थप छानबिन गरिने नवनियुक्त प्रवक्ता छुम्बी लामाले नयाँ पत्रिकालाई बताएका छन्।

क्यानले उपाध्यक्ष रोशनकुमार सिंहसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ।  सिंहसहित केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। विश्वकप क्रिकेटमा सहभागिताका दौरान मिडिया र सामाजिक सञ्जालमा आधारहीन कुरा पोस्ट गरेको र अन्तर्वार्ता दिएको क्यानको आरोप छ।

‘नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघका पदाधिकारी, सदस्य, संघसँग आबद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरूले संघको निर्णयविपरीत हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरी सामाजिक सञ्जालमा समेत सेयर गरेको पाइएकाले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधानबमोजिम स्पष्टीकरण सोधी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पारित गरियो,’ क्यानले भनेको छ।

क्यानको बोर्ड बैठकले लामालाई प्रवक्ता नियुक्त गरेको छ। यसअघि सचिवले नै प्रवक्ताको जिम्मेवारी लिँदै आएका थिए। राखेपबाट क्यान सदस्यमा मनोनीत भएका लामालाई प्रवक्ता बनाएको भन्दै विवाद भएको थियो। तर, संस्थापन पक्षले पेलेरै अन्य निर्वाचित पदाधिकारीलाई प्रवक्ता नियुक्त नगरी मनोनीतलाई जिम्मेवारी दिएको भन्दै केन्द्रीय सदस्य दुर्गाराज पाठकले असन्तुष्टि जनाएका थिए।

यसैबीच विश्वकपमा बेचिएको टिकट र जर्सी विषय, जर्सीबाट उठेको रकम, तयारीका लागि सरकारले विनियोजन गरेको रकम खर्च कति भयो ? अध्यक्ष डाक्टरको कोटामा गएको विषयमा बहस भएको र संस्थापन पक्षले कुनै जानकारी नगरेपछि पाठकलगायत केही सदस्यले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन्।

‘उहाँहरूले ठूलो कुरा होइन भन्नुभयो । अध्यक्षले आइसिसीको कोटामा गएको भन्नुभयो । संस्थागत उठेको प्रश्न राखेका हौँ । तर, उहाँहरूले जानकारी गराउनुभएन। नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएको छु,’ पाठकले नयाँ पत्रिकासँग भने।

यसैबीच क्यानले पहिलोपटक निकै विवाद भएर सम्पन्न भएको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण नोभेम्बर र डिसेम्बरमा गर्ने भएको छ। यसको विषयमा थप जानकारीपछि मात्रै सार्वजनिक गरिने प्रवक्ता लामाले बताए।

बैठकले म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित खेलाडी आदिल आलमको निलम्बन फुकुवाका लागि अनुशासन समितिमा पठाएको छ। एक हप्ताभित्र निर्णय दिन जिम्मेवारी पनि दिइएको छ।

ad
ad
ad
ad