Skip This
सल्यानमा जबर्जस्ती करणीको आरोपमा एक पुरुष पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सल्यानमा जबर्जस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १६:५१:oo

सल्यानमा जबर्जस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका– ३ टोट्केका ४२ वर्षीय टोपबहादुर वली जबर्जस्ती करणी आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यही असार १९ गते ४३ वर्षीया महिलालाई उनकै घरमा जबर्जस्ती करणी गरेको आरोपमा बिहीबार जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

आरोपित वलीको घर खानतलासी गर्ने क्रममा बारुद र फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एकनाले भरुवा बन्दुक फेला परेको उनको भनाइ छ।

पक्राउ परेका वलीलाई जबर्जस्ती करणी तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको सूचना अधिकारी धमलाले बताए।

ad
ad
ad
ad