Skip This
‘ए’ ग्रेडमा रहने गरी सन्दीपसँग क्यानको केन्द्रीय सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

‘ए’ ग्रेडमा रहने गरी सन्दीपसँग क्यानको केन्द्रीय सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १७:१२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने भएको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले १ जुलाईदेखि ३१ डिसेम्बरसम्मका लागि सन्दीपलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै निजलाई यही जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरियो,’ शुक्रबार सार्वजनिक निर्णयमा भनिएको छ।

क्यानले गत फागुनमा केन्द्रीय सम्झौताअन्तर्गत पुरुष र महिला खेलाडीलाई ए, बी, सी, डी र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गीकरण गरेको थियो। सोअनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले मासिक एक लाख रुपैयाँ पाउँछन्।

ad
ad
ad
ad