Skip This
नेप्सेमा सामान्य अंकको गिरावट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
रासस काठमाडौं
२o८१ असार २४ सोमबार १५:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १५:४७:oo

नेप्से परिसूचकमा सोमबार सामान्य अंकको गिरावट देखिएको छ। नेप्से ४.६२ अंकले घटेर दुई हजार एक सय ३६.३५ को अंकमा कायम भएको हो।

आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर ५९ हजार नौ सय ७४ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय ६ बराबरको कारोबार भएको छ। वित्त समूह ०.२६, लघुवित्त ०.९२ र म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

आज बैंकिङ ०.१८, विकास बैंक ०.३६, होटेल तथा पर्यटन ०.९५ र जलविद्युत् समूह ०.३९ प्रतिशतले घटेको छ। लगानी ०.२९, जीवन बिमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५, निर्जीवन बिमा ०.३३, व्यापार ०.८२ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता सेयर किनबेच भएको छ ।