Skip This
ताप्लेजुङमा पहिरोसँगै ढुंगा खस्दा घर र जिपमा क्षति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा पहिरोसँगै ढुंगा खस्दा घर र जिपमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १५:५२:oo

ताप्लेजुङको फुङलिङ नगरपालिकामा पहिरोसँगै आएको ढुंगा खसेर एक घर र एक गाडीमा क्षति पुगेको छ। फुङलिङ नगरपालिका– ६ बिहीबारे टोलका टासीतेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकेर राखेको गाडीमा माथिबाट पहिरोसँगै आएको ढुंगा खस्दा क्षति पुगेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले पहिरोले शेर्पाको घरको भुँइतलाको वाल, रेलिङलगायतमा क्षति गरेको जानकारी दिए। साथै शेर्पाको घरनजिकै सडकमा रोकेर राखेको प्रदेश १–०१–००१ ज ३७३१ नम्बरको बोलेरो जिपलाई क्षति गरेको छ।

पहिरोसँगै झरेको ढुंगाले लागेर गाडी पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक लुंगेलीले बताए। पहिरोले घर र गाडीमा क्षति गरे पनि मानवीय क्षति हुन नपाएको उनको भनाइ छ।