१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १४:o८:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ग्रान्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १४:o८:oo

नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ। विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोड आगामी बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने सेफ नेपालले जनाएको छ।

आउँदो शनिबार सेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धी पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी पत्रकार सम्मेलनबीच सेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए।

ललितपुर बुङमतीमा रहेको नेपालकै अत्याधुनिक इन्डोर अम्युजमेन्ट पार्क ‘दी वन्डरल्यान्ड’ बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ। सेफ नेपाल उत्कृष्ट रियालिटी शो भएकाले मनोरञ्जन विधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रूपमा शोसँग जोडिएको दी वन्डरल्यान्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए। त्यसैगरी, बाँकी एपिसोडमा उद्घोषकको रूपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छिन्। 

कार्यक्रमको जजमा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन्। एक सय प्रतियोगी छनोट गरी सुरु भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ।

खाना संस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सञ्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ।

धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमाञ्चक रहने विश्वास कार्यक्रमका निर्माता एवं  धर्म पिक्चर्सका संस्थापक धर्मराज पाण्डेको रहेको छ। 

पछिल्ला एपिसोड निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोगसमेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रसारण भएसँगै सेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ।

विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन्। यस्तै, देशका गाउँ–बेँसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मणप्रसाद भण्डारी र थाई फुडका पारंगत गणेश ढकाल जजको भूमिकामा छन्।

ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेस्टुरेन्टका प्रबन्ध–निर्देशकसमेत हुन् । सेफ ढकालले ठिमी भक्तपुरस्थित रोयल थाई हस्पिटालिटीमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा स्टुडियो सेट निर्माण गरी कार्यक्रमको सुटिङ भइरहेको छ।