१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १४:५९:oo

सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो।

निर्णयअनुसार जल तथा ऊर्जा आयोगका सचिव सुरेश आचार्यलाई ऊर्जासचिवमा सरुवा गरिएको छ भने ऊर्जासचिवलाई आयोगमा पठाइएको छ। त्यस्तै, कृषिसचिव दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेर त्यहाँका सचिव गोविन्दप्रसाद शर्मालाई कृषिमा ल्याइएको छ।

यसैगरी, सहसचिव कमलप्रसाद पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बढुवा गरेर उनलाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा पदस्थापन गरिएको छ।