१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार १७:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘साँझमा सेल्फी’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १७:o६:oo

कवि, उपन्यासकार हेम प्रभासको कवितासंग्रह साँझमा सेल्फी लोकार्पण भएकाे छ। कवि, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल र कवि हेम प्रभासले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका हुन्।

राष्ट्रिय नाचघर जमलमा भएकाे कार्यक्रममा कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी र राजनीतिक विशेषज्ञ शंकर तिवारीले कवितावाचन गरेका थिए भने गायक सङ्गीतकार सन्तोष श्रेष्ठले कवितामा गायन गरेका थिए।

वरिष्ठ कलाकार सरोज खनालले कवितासङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरे। कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए। कवि डा. नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए।

कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता साधनारत रहेको उल्लेख गर्दै उक्त साधनाबाट प्राप्त प्रतिफल नै साँझमा सेल्फी रहेको बताए। शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ।