१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाले गर्‍यो दुई हजार सात सयलाई नियुक्ति सिफारिस, स्याङ्जालाई गुल्मीले उछिन्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १६:३९:oo

गत आर्थिक वर्ष ०८०/८१ मा निजामती सेवातर्फ कुल दुई हजार ६८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

शुक्रबार लोकसेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार गत आवमा ७४४ महिला र एक हजार ९४४ पुरुष निजामतीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

लोकसेवाको प्रतिवेदनअनुसार सबैभन्दा बढी कर्मचारी सिफारिस गुल्मीबाट भएका छन्। गुल्मीबाट १०४ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा स्याङ्जाबाट १०२ जना सिफारिस भएका छन्।

त्यस्तै, सर्लाहीबाट ९१, धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना सिफारिस भएका छन्। मनाङ र मुस्ताङबाट कुनै पनि उम्मेदवार सिफारिस भएका छैनन् भने रसुवाबाट एकजना मात्र सिफारिस भएका छन्।