Skip This
सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिवलाई सिडिओको जिम्मेवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिवलाई सिडिओको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १८:२७:oo

गृह मन्त्रालयले बिहीबार १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। कतिपय जिल्लामा सहसचिवलाई हटाएर उपसचिवलाई सिडिओमा खटाइएको छ।

सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिवलाई सिडिओमा खटाएपछि मन्त्रालयमा असन्तुष्टि देखिएको छ। जब कि मन्त्रालयमा कतिपय सहसचिव महिनौँदेखि जिम्मेवारीविहीन छन्।

गृहमन्त्री रमेश लेखकले ३६ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जिल्लाका सिडिओ फेरिएका हुन्। गृहले रसुवामा अर्जुन पौडेल, रामेछापमा राजुप्रसाद पौडेल, रोल्पामा रोमबहादुर महत, मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओमप्रसाद भट्टराई, हुम्लामा नारायण पाण्डेय, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, मुस्ताङमा विष्णुप्रसाद भुसाललाई खटाएको छ।

यसमध्ये रामेछाप र जुम्लामा सहसचिवको दरबन्दी छ। त्यहाँ यसअघि सहसचिव सिडिओका रूपमा कार्यरत रहेकोमा हाल उपसचिवलाई खटाइएको छ।

गत साता मन्त्रालयले प्युठान र अर्घाखाँचीमा सहसचिवको दरबन्दीमा उपसचिवलाई खटाएको थियो। अर्घाखाँचीमा बाबुराम अर्याल तथा प्युठानमा रमा आचार्यलाई पठाइएको छ। ती जिल्लामा सहसचिव तहकै सिडिओ आवश्यक हुने भन्दै सोहीअनुसार दरबन्दी स्तरोन्नति गरिएको थियो।

तर, मन्त्रालयले कर्मचारीको स्वार्थअनुसार पद्धति बिगारेर उपसचिवलाई खटाएको छ। सरुवामा कतिपयलाई ६ महिनामै हटाइएको छ भने केही जिल्लामा १० महिना पुगेपछि पनि सरुवा गरिएको छैन।

बिहीबार नै दाङको सिडिओ पनि फेरिएका छन्। मन्त्रालयले दाङमा सहसचिव कृष्णप्रसाद लम्साललाई खटाएको छ। दाङका सिडिओ रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा भएको छ।