१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार १८:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामीलाई बेवास्ता गरे संविधान संशोधन गर्न बहुमत पुग्दैन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १८:o७:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संविधान संशोधन गर्न सम्झौता गरेका सत्तारूढ दलहरूको नियतमा आशंका व्यक्त गरेका छन्। संविधानमा संशोधन गर्नुपर्ने विषयहरू भए पनि दुई दलले मध्यरातमा गरेको सम्झौता शंकास्पद भएकाे उनकाे भनाइ छ।

‘अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ । वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर, त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन। यसबारे धेरै कुरा आइरहेका छन्। नियतमाथि प्रश्न खडा भएको छ। उद्देश्यमाथि प्रश्न खडा भएको छ,’ उनले भने।

पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा भएको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा बोल्दै आध्यक्ष नेपालले संविधानमा भएका सकारात्मक कुराको प्रचारप्रसार गर्दै नराम्रा विषय सुधार्नुपर्नेमा जोड दिए। संविधान संशोधनको विषयमा छलफल गर्न आफूहरू तयार रहेको प्रस्ट्याउँदै उनले जनताको अधिकारलाई कमजोर बनाउने गरी संशोधन गर्ने कुरा आए स्वीकार्य नहुने बताए।

आफूहरूविना संविधान संशोधन गर्न सम्भव नरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बेवास्ता नगर्नसमेत चेतावनी दिएका छन्। ‘यत्तिकै सजिलो गरी कसैले पास गर्न सक्दैन। राष्ट्रिय सभामा हामी भएका केही पार्टीहरू एकताबद्ध भयौँ भने दुईतिहाइ पुग्नेवाला छैन । त्यसो हुनाले चेतना भया । समयमै यो कुरामा होस् जाओस् । मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अन्डरमाइन्ड गर्ने प्रवृत्ति अत्यन्तै निन्दनीय छ,’ उनले भने।