१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एरिका एसियन कराँते च्याम्पियनसिपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १७:४९:oo

कराँते खेलाडी एरिका गुरुङ २०औँ एसियन कराँते च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन्। शुक्रबार चीनमा भएको महिला ६८ केजीमाथि तौल समूहमा थाइल्यान्डकी खेलाडीविरुद्ध ८–० को जित निकाल्दै एरिका फाइनल पुगेकी हुन्।

नेपाली खेलाडीले एसियन कराँतेको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। योसँगै एरिकाले रजत पदक पक्का गरेकी छिन्। प्रशिक्षक कुशल श्रेष्ठका अनुसार एरिकाले आइतबार हुने फाइनलमा भियतनामकी खेलाडीसँग खेल्नेछिन्।

टोलीका सहायक प्रशिक्षक मन्डेकाजी श्रेष्ठले भने, ‘थाइल्यान्डको खेलाडीलाई सेमिफाइनलमा ८–० ले हराउँदै फाइनलमा प्रवेश गरेकी छिन्। अब, भियतनामसँग फाइनल हुनेछ।’

श्रेष्ठका अनुसार प्रिक्वार्टरफाइनलमा फिलिपिन्सलाई ४–० ले हराएकी एरिकाले क्वार्टरफाइनलमा १९औँ एसियन गेम्स फाइनलमा हराउने काजकिस्तानकी खेलाडीसँग १–१ को बराबरी गरिन्। रेफ्रीकाे निर्णयमा एरिका विजयी भएकी हुन्।