१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्रान्सपरेन्सी नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १९:२५:oo

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा नियुक्त भएका छन् । शुक्रबार भएको २९औँ वार्षिक साधारणसभाले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको हो । 
शर्मा यसअघि महासचिव थिए। शर्मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् । अध्यक्षसँगै सातजना कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोशी, सीता भट्ट छन्। अध्यक्षसहित कार्यसमिति सदस्यले शुक्रबार नै पदभार ग्रहण गरेका छन्। 

नवनिर्वाचित कार्यसमितिको कार्यालय दुई वर्षको हुनेछ। नाै सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा छ।

सभाले संस्थाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ।

भ्रष्टाचारविरुद्धको राजनीतिक प्रतिबद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ भने संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रणतर्फ प्रगति हुन नसकेको उल्लेख गरिएको छ।