१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
तस्बिर : एएफपी
रासस याङ्गुन
२o८१ असोज ४ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाढीका कारण म्यान्मारमा करिब तीन सयजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, याङ्गुन
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १६:१o:oo

म्यान्मारमा बाढीका कारण मृत्यु हुनेको संख्या २९३ पुग्नुका साथै ८९ जना  बेपत्ता भएकाे यहाँको राष्ट्रिय दैनिक ‘द मिरर’ले जनाएको छ।

रिपोर्टअनुसार बाढीले विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएका छन्।

बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

यागी नाम दिइएको आँधीका कारण बंगालको खाडीमा परेको न्यूनचापीय प्रभावका कारण म्यान्मारमा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रको सरसफाइ, स्वास्थ्य सेवालगायत बाढीपीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन्।