१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
बेरुत
२o८१ असोज ४ शुक्रबार १o:१९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

वाकीटकी पड्किएर २० को मृत्यु

Read Time : < 1 मिनेट
बेरुत
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १o:१९:oo

लेबनानको हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने उपकरणको  विस्फोट बुधबार पनि जारी रह्यो । मंगलबार हेजबुल्लाहका सदस्यले बोक्ने पेजर पड्किँदा  १२ जनाको ज्यान गएको थियो भने झन्डै दुई हजार ८०० घाइते भएका थिए ।

बुधबार भने समूहका सदस्यले बोक्ने वाकीटकी पड्कियो । घटनामा २० जना मारिएका छन् र चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । 

हेजबुल्लाहले इजरायललाई ‘यस आपराधिक आक्रमणका लागि पूर्ण जिम्मेवार’ ठहर्‍याउँदै बदला लिने वाचा गरेको छ । इजरायलले उसको नीतिअनुरूप घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

इजरायलबाट प्रकाशित हुने मध्य–वामपन्थी पत्रिकाका ‘हारेट्ज’ अमोस हरेलले पेजर र वाकीटकी विस्फोटले ‘इजरायल र हेजबुल्लाहलाई पूर्ण रूपमा युद्धको सँघारमा’ पुर्‍याएको चेतावनी दिए ।