१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विद्यार्थीलाई शिव खेराका सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:४७:oo

विश्वचर्चित पुस्तक ‘यु क्यान विन’का लेखक शिव खेरा आफ्ना प्रेरणादायी भाषणका कारण युवामाझ लोकप्रिय छन् । विद्यार्थीलाई यी भारतीय लेखकले दिएका केही सुझाव यस्ता छन् :

- परीक्षामा फेल हुनु वा कम अंक ल्याउनु र जीवनमा फेल हुनु एउटै होइन । सफलता आज पनि सहज छ र अवसर पनि छ । परीक्षामा ल्याएको अंक मात्रै 
ठूलो होइन ।

- पुरानो कुराको चिन्ता नगर्नुस् । कडा मिहिनेत गर्ने इच्छाशक्ति निर्माण गर्नुस् । सबै ठीक हुनेछ ।

- आफ्नो लक्ष्य निर्धारण गर्नुस् । यसले तपाईंलाई कहाँ जाँदै छु भन्ने जानकार गराउँछ । सफलताका लागि उत्प्रेरित गर्छ ।

- सधैँ सकारात्मक दृष्टिकोण तय गर्नुस् । 

- नयाँ–नयाँ सीप सिक्ने प्रयास गर्नुस् । प्राविधिक सीप सफलताका लागि महत्वपूर्ण छ । सीपले नै करिअरको शिखरमा लैजान्छ । तर, सीपभन्दा धेरै भूमिका तपाईंभित्र लुकेकोे इच्छाशक्तिको हुन्छ । 

- तपाईंले आफूलाई गर्ने मार्केटिङ पनि सफलताका लागि आवश्यक छ । इमानदारिता र विनम्रता यसका लागि आवश्यक छ । यो रणनीति होइन, बरु जीवनको महत्वपूर्ण मान्यता हो ।

ad
ad
ad
ad