१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन तथा पर्वतारोहण विषय पढ्ने विद्यार्थीलाई नासोंले अनुदान दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:३१:oo

मनाङको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतिविद्यार्थी ५० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ ।

गाउँपालिकाले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि ५० हजार रुपैयाँ अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यो विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाले बालबचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैंक नासों शाखाको सहकार्यमा कक्षा एकमा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजार रुपैयाँका दरले खाता खोली बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र ०८१ साउनबाट कक्षा तीनमा प्रकाशज्योति विद्यालयमा अंग्र्रेजी माध्यमबाट अध्यापन गराइनेछ । गाउँपालिकाले शैक्षिक सत्र ०८० मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप जनही २० हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ । 

ad
ad
ad
ad