Skip This
‘तोकिएको जिम्मेवारी पूरा गर्न रक्षा मन्त्रालय क्रियाशील छ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ असार २१ शुक्रबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘तोकिएको जिम्मेवारी पूरा गर्न रक्षा मन्त्रालय क्रियाशील छ’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १५:o८:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार कार्यविभाजन नियमावलीले तोकेको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्न रक्षा मन्त्रालय सदैव क्रियाशील रहेको बताएकी छिन्।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा रक्षा मन्त्रालय र अन्तर्गतका निकायसम्बन्धी उठेका जिज्ञासा, सुझाव एवं प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

मन्त्री शर्माले नेपालको संविधान, सैनिक ऐन, २०६३ र नेपाल सरकारका  सुरक्षासम्बन्धी कानुन, राष्ट्रिय सुरक्षा नीति, २०७५ अनुसार मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षाका लागि नेपाली सेना समर्पित रही आएको बताइन्।

सरकारकी प्रवक्ता शर्माले यस प्रकारको घोषणा भएमा नेपाली सेना जुनसुकै समय र अवस्थामा सीमारक्षाका लागि खटिने विषयमा कुनै द्विविधा नरहेको प्रस्ट पारिन्।

उनले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनामा नेपाली सेनाको सहभागिता सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै नेपाली सेनालाई आवश्यकताअनुसार विकास निर्माणमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गरिन्। कहाँ, कहिले र कस्तो प्रकारको निर्माणमा जिम्मेवारी दिने भन्ने विषय नेपाल सरकारले निर्णय गर्ने उनले प्रस्ट पारिन्।

ad
ad
ad
ad