१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार १६ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महेन्द्रनगरमा हानिकारक रसायन हालिएको आँप छ्यापछ्याप्ती, ५७ क्विन्टल नष्ट गरियाे

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १८:२९:oo

कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री-वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल-पसलमा बिक्री भइरहेको छ।

खुलमखुल्ला प्रतिबन्धित रसायन  हालेर पकाइएका आँप बिक्री-वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ।

महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी फ्रुट सेन्टरबाट ५७ क्विन्टल ८० किलो आँप बरामद गरिएको खाद्य अनुसन्धान अधिकृत बोहराले जानकारी दिए। उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिकासहितका सरोकारवाला निकायबाट बजार अनुगमन गरेर अखाद्य आँप बरामद गरी नष्ट गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रसायन प्रयोग नगरिएका आँप मात्रै बिक्री-वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ।

ad
ad
ad
ad