१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार ११:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मस्तिष्क तेजिलो बनाउन...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:२९:oo

मस्तिष्कलाई तेजिलो बनाउन खानपान, व्यायाम र जीवनशैलीमा ध्यान दिनुपर्छ । तनाव कम गर्नुपर्छ । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति, मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या हुने गर्छ । क्रोनिक स्ट्रेस, मेन्टल डिसअर्डर, डिप्रेसनलगायतका समस्या पनि निम्त्याउने गर्छ । यसबाट बच्न जरुरी छ । 

  • असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्‍याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक र मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । त्यसैले हामीले सधैँ अर्गानिक र स्वस्थ खानेकुरा खानुपर्छ । जंकफुडबाट टाढा रहनु राम्रो हुन्छ । सिजनल फलफूल, खानामा सलादको मात्रा बढाउने, नट्स, ओखर, बदाम, टुसा उम्रिएका गेडागुडीलगायत प्रोटिनयुक्त खानेकुराले मस्तिष्कलाई राम्रो गर्छ । 
  • हिँड्ने, जिम जाने वा घरमै योगाभ्यास र ध्यान गर्न सकिन्छ । दैनिक केही समय व्यायामका लागि छुट्याउनुपर्छ । पसिना निस्कने गरी व्यायाम गर्नुपर्छ ।
  • कुनै न कुनै शारीरिक गतिविधिमा संलग्न रहँदा तनाव पनि कम भएर जान्छ र दिमागको सिर्जनात्मक क्षमता पनि बढ्छ । ध्यानले दिमागलाई स्थिर राख्ने, धैर्यता विकास गर्ने र सोच्ने क्षमता अभिवृद्धि गर्छ ।
  • मदिराले मस्तिष्क कोषिकाहरू (न्युरोन्स)बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, स्मरणशक्ति कमजोर बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्‍याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्ने भएकाले यस्ता कुलतबाट टाढा रहनुपर्छ । 
  • हर्न र अत्यधिक कोलाहलले मानिसमा स्ट्रेस बढाउने काम गर्छ । यसले दिमागमा पनि प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले कानलाई असर पुर्‍याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि बढ्न थाल्छ । 
  • एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।
  • शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ ।
  • पछिल्लो समय प्रायः मानिसले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।
ad
ad
ad
ad