१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अन्तिम युरोमा भावुक बने रोनाल्डो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:o३:oo

स्लोभेनियाका गोलरक्षक तथा कप्तान जान ओब्लाकले क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा प्रहार गरेको पेनाल्टी छेकेका थिए । युरो २०२४ को प्रिक्वार्टरफाइनलअन्तर्गत सोमबार राति रोनाल्डोले पेनाल्टीमा गोल गर्दा पोर्चुगल अतिरिक्त समयमै क्वार्टरफाइनलमा पुग्ने थियो । तर, रोनाल्डोको मिस पेनाल्टीका कारण पोर्चुगलले स्लोभेनियालाई हराउन टाइब्रेकरसम्म प्रतीक्षा गर्‍यो । टाइब्रेकरमा पोर्चुगल ३–० ले विजयी भयो । 

पोर्चुगल अन्तिम आठमा पुगे पनि खेलाडी त्यति खुसी भएनन् । खेलाडीदेखि प्रशिक्षकसम्म कप्तान रोनाल्डोका मिस पेनाल्टीको प्रतिरक्षा गरेका देखिए । पोर्चुगलका मिडियाले सोमबारै रोनाल्डोले अन्तिमपटक युरो खेल्दै भनी सार्वजनिक गरेका थिए । यस समाचारसँगै पोर्चुगलका खेलाडी तथा प्रशिक्षक खेलअगाडि नै भावुक बनिसकेका थिए । उनीहरूले कप्तानका अन्तिम युरो सानदार योजना बनाए । 

स्लोभेनियाविरुद्ध खेलको एक समय पोर्चुगल बाहिरिन सक्ने स्थितिमा पुगेको थियो । गोलरक्षक कोस्टाकै उत्कृष्ट प्रदर्शनका कारण पोर्चुगलले स्लोभेनियालाई पाखा लगायो । रोनाल्डोले मेजर फुटबल प्रतियोगिताको आठ खेलमा गोल गरेका छैनन् । उनले पछिल्ला नौमध्ये तीन पेनाल्टी असफल प्रहार गरेका छन् । युरोमा उनले अहिलेसम्म पाँचमध्ये दुई पेनाल्टी मिस गरेका छन् । 

स्लोभेनियाविरुद्धको टाइब्रेकरमा रोनाल्डोले गोल गरेपछि समर्थकसँग माफी मागेका थिए । ‘सबैलाई थाहा छ । जति राम्रा खेलाडी भए पनि एक दिन खराब दिनको सामना गर्नुपर्छ । जति वेला टोलीलाई गोलको आवश्यकता थियो । त्यसै समयमा मैले खराब प्रहार गर्न पुगे,’ रोनाल्डोले खेलपछि भने, ‘हामीले खराब समयमाथि जित निकाल्यौँ । यो फुटबल हो । यहाँ हरेक समय महŒवपूर्ण हुन्छ । मैले एकै समयमा खुसी र दुःखको सामना गरेँ ।’ स्लोभेनियाविरुद्धको प्रतिस्पर्धामा पोर्चुगल जितको हकदार भएको उनको भनाई छ । ‘हामीले स्लोभेनियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यौँ । जितको हकदार हामी नै थियौँ ।’

स्लोभेनिया समर्थक दंग
अतिरिक्त समयमा रोनाल्डोको मिस पेनाल्टीमा स्लोभेनियाका समर्थक अत्यधिक खुसी देखिए । पोस्टको पछाडि स्लोभेनियाका समर्थकहरूले रोनाल्डोतर्फ इंगित हुँदै हुटिङ गरिरहेका थिए । स्लोभेनियाली समर्थकहरूले उनीमात्र नभएर पोर्चुगलका खेलाडीविरुद्ध हुटिङ गरी खुसी मनाइरहे । एक सय २० मिनेटको नाटकीय प्रतिस्पर्धामा केन्द्रबिन्दु नै रोनाल्डो थिए । मेजर फुटबल प्रतियोगितामा उनी लामो समयसम्म गोलविहीन हुनु नै आश्चर्यका रूपमा लिएको छ । चालू युरोमा रोनाल्डोले २० सट प्रहार गरेका थिए । सहभागी खेलाडीमध्ये धेरै सट प्रहार गर्ने उनी पर्छन् ।

आठ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन
गत वर्ष कतारमा भएको फिफा विश्वकप र चालू युरोमा गरी रोनाल्डो आठ खेलसम्म गोलविहीन भएका छन् । मेजर पु्mटबल प्रतियोगितामा रोनाल्डो पहिलोपटक लामो समयसम्म गोल गर्न नसकेको यही युरो २०२४ हो । कीर्तिमानी रूपमा उनको यो छैटौँ युरो सहभागिता हो । उनी पहिलोपटक युरोको समूह चरणमा गोल गर्न चुके । यसअघिका संस्करणमा उनले समूह चरणमा गोल गरेका थिए । उनले अन्तर्राष्ट्रिय करिअरमा २४ पटक पेनाल्टीमा गोल गरेका छन् ।

पोर्चुगल क्वार्टरफाइनलमा
गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा तीन पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरो २०२४ को क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पोर्चुगल र स्लोभेनियाले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा गोलरक्षक कोस्टाले स्लोभेनियाका तीनै पेनाल्टी विफल पार्दै पोर्चुगललाई ३–० ले जित दिलाए । 

ad
ad
ad
ad