Skip This
मनसुनजन्य विपतका घटनाबाट हालसम्म २८ को मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २१ शुक्रबार १४:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनसुनजन्य विपतका घटनाबाट हालसम्म २८ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १४:o६:oo

मनसुनजन्य विपतमा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपतबाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएकाे बताए ।

चालू आवमा हालसम्मका मनसुनजन्य विपतका विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्यु भएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिए । भारी वर्षाका कारण चारजना घाइते भएका छन् । चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपतका घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् । 

 विपत व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए । उनले मनसुनजन्य विपतबाट हुन सक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुने गरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए । 

 प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमान्ड पोस्ट’ खडा गरी विपतबाट धनजन जोगाउने कार्यक्रम भइरहेका  बताए । 

  जिल्ला विपत् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई रु. पाँच लाख, प्रदेश सरकारबाट प्राप्त रु. तीन लाख, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै मृतकका परिवारलाई तत्काल रु. १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियोे । 

ad
ad
ad
ad