Skip This
कञ्चनपुरमा बाढीको असर : पूर्व-पश्चिम महेन्द्र राजमार्गको पुल भत्कियो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २४ सोमबार १o:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बाढीको असर : पूर्व-पश्चिम महेन्द्र राजमार्गको पुल भत्कियो 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १o:५३:oo

चार दिनदेखिको भारी वर्षापछि कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ ।  गत शुक्रबारदेखिको भारी वर्षाका कारण जिल्लाका ठूला तथा साना नदी, खोला, खोल्सामा बाढी आउँदा झन्डै दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् । 

सुडाको हजारा खोलामा आएको बाढीले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत  सुडामा पुल (कल्भर्ट) भत्काइदिएको छ । हजारा खोलाको बाढीले गएराति बेदकोट नगरपालिका– ७ सुडाको पुल भत्किएको हो ।

स्थानीय गणेश नेपालीले चुरे भएर बग्ने हजारा खोलामा पानीको सतह वृद्धि भएपछि राजमार्गमा रहेको पुल भत्काइदिएको बताए । ‘तीन दिनदेखि लगातार वर्षा भइरहेको थियो । पुलले थेग्नै नसक्ने गरेर बाढी आयो, पुल भत्काइदियो,’ उनले भने । हजारा खोलाले पुलसँगै आसपासका झन्डै एक सय ५० घरधुरीसमेत डुबानमा परेका छन् ।  

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भए पनि यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले पुल भत्किए पनि यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्दै आइरहेको बताए ।