नवलपुरको बुलिङटारमा अवैध रूपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुलिङटार गाउँपालिका– ६ फूलमती खोलामा नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले जेसिबी र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
ग.१त ५८५२ नम्बरको ट्याक्टर र बा.प्र ००१ क ०४३४ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरी चौकी बुलिङटारमा ल्याएर राखिएको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।