Skip This
दाउन्ने सडक दुईतर्फी खुल्यो, भासिने सम्भावना कायमै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
फाइल तस्बिर
२o८१ असोज २० आइतबार १२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्ने सडक दुईतर्फी खुल्यो, भासिने सम्भावना कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १२:५९:oo

पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११ः४० देखि पूर्ण सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै लामो समय जाममा परेका सवारीसाधनलाई पास गराउने काम भइरहेको प्रहरीको भनाइ छ। सडक हाललाई दुईतर्फी नै सञ्चालनमा आए पनि कुनै पनि वेला भासिन सक्ने जोखिम कायमै रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो।

एक रात एक दिन पूर्ण रूपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो। सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको टोलीले लगातार सडक मर्मत गरी पूर्ण रूपमा गाडी सञ्चालनमा आएको बोहराले बताए।

पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि हाललाई पूर्ण रूपमा सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको बताइन्। भासिएको ठाउँमा डाइभर्ट गर्ने ठाउँ नभएकाले यात्रुले सास्ती पाउँदै आएका थिए।