Skip This
स्पेनिस पर्वतारोही जुगल आरोहणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असोज २० आइतबार १२:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्पेनिस पर्वतारोही जुगल आरोहणमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १२:५१:oo

वर्षायामको समाप्तिसँगै विभिन्न मुलुकका पर्वतारोही जुगल हिमाल आरोहणका लागि आउन थालेका छन्। ६ स्पेनिस पर्वतारोही असोज १८ गते जुगल हिमाल प्रस्थान गरेका छन्। 

जुगल हिमशृंखलामा अवस्थित ६ हजार ७९९ मिटर उचाइको हिमाल भैरव टाकुरा आरोहण गर्ने तयारीका साथ पाँच महिला र एक पुरुष स्पेनिस जलबिरे, तेम्बाथाङ हुँदै जुगल यात्रामा निस्केका हुन्। भैरव टाकुरामा अहिलेसम्म कुनै आरोही पुगेका छैनन्। जुगल हिमश्रृंखलामा ६ हजार मिटरभन्दा माथिका १४ वटा हिमचुचुराहरू रहेका छन्।

मिरफाम मार्को सानचेजको नेतृत्वमा माटालेन रोजो एर्गोरेन, अमाफा सेगुरोला बारन्डा, युक्सुउ लोफ्जु आस्कासो, मिस्टर यान्टिएगो पान्ड्रोज काल्भाचे र रुथ फोर्नोस नेबट आरोहणमा रहेका छन्। उनीहरू सबै दक्ष पर्वतारोही भएको सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले जानकारी दिए। ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्पेडिसन कम्पनीले हिमाल आरोहणको व्यवस्थापन गरेको तामाङले बताए।

जुगल हिमशृंखलामा अझै पनि कतिपय हिमालमा कसैले पाइला टेकेको छैन। विदेशीहरू अनक्लाइम्ब पिक चढ्न मन पराउने हुनाले हिमाल आरोहीहरू जुगलमा निकै बढ्न थालेका छन्। जुगल हिमशृंखलामा विभिन्न चुचुरामध्येको ६,१५१ मिटरको ग्याल्जेन पिक २०७५ सालमा आरोहण भएको थियो। त्यही आरोहण जुगल क्षेत्रका लागि कोसेढुंगा साबित भएको छ। २०७५ देखि हालसम्म ५० विदेशीले जुगल आरोहण गरेका छन्। अमेरिका, बेलायत, स्पेन, कोरियन, मेक्सिको र सिंगापुरका नागरिकले आरोहण गरिसकेका छन्।

पर्यटकको आगमनसँगै स्थानीयको आम्दानी पनि बढ्न थालेको छ। गत वैशाखमा १० कोरियन र चार ब्रिटिस जुगल पुग्दा स्थानीयले ११ लाख कमाएको तामाङले जानकारी दिए। स्थानीयले सहयोगी गाइड, कुक, गाडी, भरिया, जोप्के र खच्चडको काम पाएका छन्। पर्यटक बढ्न थालेपछि स्थानीयले छेन्दाङ र नेपेमाछालमा होटेलहरू निर्माण गर्न थालेका छन्।

यो सिजनका लागि विभिन्न देशका ६ भन्दा बढी समूहले सिन्धु पर्यटन परिषदमा सम्पर्क गरेका छन्। असोज २५ गतेदेखि स्विस र इटालियन पर्वतारोही फुर्वघेच्यु हिमाल आरोहणका लागि जाँदै छन्।