Skip This
नेपाल र भियतनामबिच लगानी प्रवर्द्धन गर्ने समझदारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o९:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल र भियतनामबिच लगानी प्रवर्द्धन गर्ने समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o९:३१:oo

नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेन्डसिप एसोसिएसनबिच दुईपक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो । 

नेपाल चेम्बरको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबिच दुई संस्थाबिच सहकार्यको समझदारी नेपाल चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।

नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसँग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाइ छ । चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष ट्रान अह्न तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफूलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको र लगानीका क्षेत्रहरू खोज्नुपर्नेमा उनले जोड दिए ।