Skip This
यी हुन् युरो कप २०२४ का गोल्डेन बुट दाबेदार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार १o:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यी हुन् युरो कप २०२४ का गोल्डेन बुट दाबेदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १o:३७:oo

जर्मनीमा चलिरहेको युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ । २४ टोली सहभागी प्रतियोगिताको अन्तिम चारमा फ्रान्स, स्पेन, इंग्ल्यान्ड र नेदरल्यान्ड्स पुगेका छन् ।

सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्नेछ । इंग्ल्यान्डले फाइनल प्रवेशको खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । प्रतियोगिता उपाधि जित्ने टोली नजिकिँदा कसनले गोल्डेन बुट हात पार्ने भन्ने चासो बढेको छ । 

यो दौडमा नेदरल्यान्ड्सका कोडिन गाक्पो अगाडि छन् । उनले पाँच खेलमा सर्वाधिक तीन गोल गरेका छन् । यसैगरी, उनले एक असिस्ट गरे । पहिलोपटक प्रिक्वार्टरफाइनल स्थान बनाएको जर्जियाका जर्जेस मिकाउत्जीले पनि तीन गोल र एक असिस्ट गरेका छन् । क्वार्टरफाइनलबाट बाहिरिएको आयोजक जर्मनीका यमाल मुसियालासँगै स्लोभाकियाका इभान स्रान्जले समान तीन गोल गरेका छन् । 

नेदरल्यान्ड्सका कोडिन गाक्पो गोल्डेन बुट पाउने दौडमा अगाडि छन्, उनले पाँच खेलमा सर्वाधिक तीन गोल र एक असिस्ट गरेका छन्

मिकाउत्जी, यमाल तथा इभानले प्रतिनिधित्व गरेका टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेदरल्यान्ड्सका गाक्पो गोल्डेन बुट पाउने दौडमा निकै अगाडि देखिएका छन् । उनले इंग्ल्यान्डविरुद्ध एक गोल गर्दा सर्वाधिक चार गोल पुर्‍याउनेछन् । यसैगरी, स्पेनका डानी ओल्मो र फाबियान रुइजले समान दुई गोल र दुई असिस्ट गरेका छन् । 

इंग्ल्यानडका जुड बेलिंघम, ह्यारी केन तथा नेदरल्यान्ड्सका डोनियल मालेनले पनि समान दुई गोल गरेका छन् । गत विश्वकपको सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पेले चालू प्रतियोगितामा एक गोल र एक असिस्ट गरेका छन् । नेदरल्यान्ड्सका मेम्फिस डिपे र वौट विघोर्सटले एक गोल र एक असिस्ट गरे ।