Skip This
राकुराले ल्यायो ‘नेक्स्ट जेनेरेसन’ टि–ब्याग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राकुराले ल्यायो ‘नेक्स्ट जेनेरेसन’ टि–ब्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार ११:o९:oo

राकुराले ‘नेक्स्ट जेनेरेसन’ चिया उत्पादन सार्वजनिक गरेको छ । पाँच दशकभन्दा बढीको अनुभवमा आधारित यस चियाले चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गरी विश्वमा नेपाली चियालाई नयाँ उचाइ दिने कम्पनीको दाबी छ । 

यही क्रममा कम्पनीले ‘म्याजिक नट’ टि–ब्याग सार्वजनिक गरेको छ । यो विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ट्यान्डेम एयर नटेड प्रविधि प्रयोग गरेर बनाइएको दाबी गरिएको छ ।

नयाँ गैरताप सिल (नन हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एक मात्र पूर्ण प्लास्टिक र ग्लुमुक्त टि–ब्याग हुने कम्पनीको भनाइ छ । उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज, जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानिकारक पदार्थ छैनन् । यसले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्ने बताइएको छ । 

म्याजिक नट टि–ब्यागमा प्रमाणित जैविक, अनब्लिच्ड धागोजस्ता नवीनता पनि समावेश छन् । यसले कपास र हानिकारक रसायन नभएको सुनिश्चित गर्छ । साथै, कम्पनीका टि–ब्याग वातावरणमैत्री समेत भएको कम्पनीको दाबी छ । 

राकुरा नेक्स्ट जेनेरेसन टी–ब्याग क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्सका साथै विभिन्न छनोट श्रेणीमा उपलब्ध हुनेछ । यसको मूल्य भेरियन्टका आधारमा प्रतिप्याकेट एक सय ७९ देखि दुई सय ७९ रुपैयाँसम्म हुनेछ । आगामी हप्तादेखि राजधानी र एक महिनाभित्र देशभर उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ ।