Skip This
बाघको आक्रमणबाट तीनजना घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार ११:o८:oo

दाङमा बाघको आक्रमणबाट तीनजना घाइते भएका छन् ।

सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका तीनजनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर– ९ बेलुवानिवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीताकुमारी भण्डारी र सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन् ।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ भने सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।