Skip This
फ्रान्समा अन्तिम चरणको निर्वाचन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
एजेन्सी पेरिस
२o८१ असार २४ सोमबार १o:३४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फ्रान्समा अन्तिम चरणको निर्वाचन

Read Time : < 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १o:३४:oo

फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनले संसद्मा अति दक्षिणपन्थी पार्टीलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपेली संसद्को गत जुनमा भएको मतदानमा आफ्नो शक्ति पराजित भएपछि तीन वर्षअगावै मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अति दक्षिणपन्थी नेतृ मारिन ले पेनको नेसनल र्‍याली (आरएन) जुन ३० को पहिलो चरणमा शीर्ष स्थानमा रहेको थियो ।

आइतबारको प्रतिस्पर्धामा पनि सो पार्टी विजयी हुने अनुमान गरिएको छ । पेरिसमा ओलम्पिक आयोजना हुनुभन्दा केही हप्ताअघि मात्रै आरएन पार्टीका २८ वर्षीय नेता जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न म्याक्रोंलाई बाध्य पार्ने तयारी छ ।विशाल युरापेली एकता र आप्रवासनविरोधी दस्तासहितको त्रिशंकु संसद्ले फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर पार्न सक्छ र युक्रेनमा रुसको आक्रमणको सामना गरिरहेको पश्चिमी एकतालाई खतरामा पार्न सक्छ । गत हप्ता आरएनलाई पूर्ण बहुमत प्राप्त हुनबाट रोक्ने प्रयासमा केन्द्र र वामपन्थी उम्मेदवारहरूबीच केही सम्झौता भएको थियो ।

सम्झौतापछिका जनमत सर्वेक्षणले ५७७ सदस्यीय नेसनल एसेम्ब्लीमा पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट सिट जुटाउन आरएनलाई हम्मे पर्ने अनुमान गरेका छन् । जुलाई २६ देखि ओलम्पिक आयोजना गर्ने तयारीमा रहेको फ्रान्समा यसले लामो समयसम्म अस्तव्यस्त बनेको राजनीतिलाई सही दिशा दिने कामको सुरुवात पनि गर्न सक्छ ।