Skip This
रुपन्देहीका उद्योगीले राखे गुनासै–गुनासा, मुख्यमन्त्रीले दिए आश्वासन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार o८:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रुपन्देहीका उद्योगीले राखे गुनासै–गुनासा, मुख्यमन्त्रीले दिए आश्वासन

रुपन्देही उद्योग संघको ४६औं वार्षिक साधारणसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o८:५४:oo

उद्योगमैत्री नीति नबन्दा उद्योगीहरूले समस्यै–समस्या झेल्नुपरेको गुनासो उद्योग क्षेत्रका अगुवाहरूले गरेका छन् । उद्योग स्थापना गर्न जग्गाको अभाव, भन्सारदेखि अन्य कर प्रणालीसम्मका समस्याहरूको उठान गर्दै तत्काल सुधार गर्न उनीहरूले माग गरेका छन् । 

रुपन्देही उद्योग संघको ४६औँ वार्षिक साधारणसभामा बोल्दै अगुवा उद्योगी–व्यवसायीले कानुनमा सुधार गर्न तथा भन्सारका समस्याहरू सुधार गर्न ध्यानाकर्षण गराए । बढ्दो आर्थिक संकटका कारण कतिपय उद्योग बन्द हुँदै गएको, २४ घण्टा चल्ने उद्योगहरू आठ घण्टा पनि चल्न सक्ने अवस्थामा नरहेका कारण उत्पादन क्षमतामा पनि ह्रास आएको उनीहरूले गुनासो गरे ।  

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा थुप्रै समस्या रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगमैत्री कानुन बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले प्रदेश सरकारले बनाएका कानुनबाट उद्योगी–व्यवसायीलाई समस्या भएको भए बुँद्धागत सुझाव दिन आग्रह गर्दै त्यस्ता कानुन संशोधन गर्ने आश्वासन दिए ।