Skip This
एसियाली मुलुकका बिमा नियमनकारी निकायहरूको सम्मेलन स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o७:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसियाली मुलुकका बिमा नियमनकारी निकायहरूको सम्मेलन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:o२:oo

सोमबारदेखि काठमाडौंमा हुने भनिएको एसियाली मुलुकका बिमा नियमनकारी निकायहरूको सम्मेलन स्थगित भएको छ । एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरको १८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक बैठक २१–२३ असोजसम्म काठमाडौंमा तय गरिएको थियो ।

तर, अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएको भन्दै एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरको सचिवालयले सम्मेलन स्थगित गर्न पत्र पठाएको थियो । त्यसपछि उक्त कार्यक्रम स्थगित गरिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।