१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङका एक सय पाँच खानेपानी मुहानमा ‘कोलिफर्म’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:१९:oo

जिल्लाका एक सय पाँच खानेपानीका मुहानमा मानव दिसामा पाइने कीटाणु (कोलिफर्म) पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालय बागलुङले गरेको खानेपानीका नमुना परीक्षणमा गरेको थियो । परीक्षणका क्रममा ताराखोला गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहका विभिन्न खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ ।

जिल्लाभर कुल दुई सय ५४ खानेपानीका मुहानमा नै पुगेर यस वर्ष खानेपानीको नमुना परीक्षण गरिएको थियो । जसमा एक सय पाँचवटा मुहानमा दिसामा पाइने कीटाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिए । 

जैमिनीका ४६ खानेपानी मुहानमा ‘कोलिफर्म’
जिल्लाको १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वास्थ्य कार्यालय बागलुङका प्राविधिकको टिमले खानेपानीको नमुना परीक्षण गरेको छ भने बडिगाड गाउँपालिकाले आफ्नै स्राेत–साधनले खानेपानीको मुहानमा नमुना परीक्षण गरेको थियो । जिल्लामा सबैभन्दा बढी परीक्षण जैमिनी नगरपालिकामा ९८ स्थानमा गरिएको थियो । जसमा ४६ स्थानका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । नगरपालिकाभित्रका आठवटा खानेपानी मुहानमा कोलिफर्मको मात्र सबैभन्दा बढी रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा रहेको छ । 

जिल्लाको तमानखोला गाउँपालिकामा ६१ वटा मुहानको खानेपानी परीक्षण गरिएको थियो जसमा १३ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ। ढोरपाटन नगरपालिकामा २० स्थानमा परीक्षण गरिएकोमा नाै स्थानमा भेटिएको छ भने काठेखोला गाउँपालिकाका १० वटा खानेपानी आयोजना तथा मुहानमा गरिएको परीक्षणमा चार स्थानमा कोलिफर्म भेटिएको ल्याब टेक्निसियन निरीक्षक आचार्यले बताए ।

जिल्लाको गलकोट नगरपालिकामा २३ स्थानमा गरिएको खानेपानी नमुना परीक्षणमा १३ स्थानमा कोलिफर्म भेटिएको छ भने निसीखोला गाउँपालिकामा आठ स्थानमा परीक्षण गर्दा तीन स्थानमा भेटिएको छ।  बरेङ गाउँपालिकामा ६ स्थानको मुहानको पानी परीक्षण गर्दा तीन स्थानमाा  ‘कोलिफर्म’ भेटिएको छ भने ताराखोला गाउँपालिका नमुना परीक्षण गरिएको खानेपानी आयोजना र मुहानमा कोलिफर्मको मात्रा भेटिएको छैन । 

जिल्लाको बडिगाड गाउँपालिकाले भने आफ्नै उपकरण र प्राविधिक परिचालन गरी गाउँपालिकाभित्रका १५ स्थानको खानेपानीको नमुना परीक्षण गरेको थियो। जसमा ११ स्थानमा ‘कोलिफर्म’ भेटिएको गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए ।

बडिगाड गाउँपालिकालाई स्वास्थ्य कार्यालयको समन्वयमा विश्व स्वास्थ्य संगठनको सहयोगमा खानेपानी परीक्षण मेसिन प्रदान गरेपश्चात् गाउँपालिका तहमा नै परीक्षण सुरु गरेको हो । ‘कोलिफर्म’ भेटिएका अधिकांश मुहानमा पानीलाई कसरी शुद्ध पार्ने त्यो विधि पनि अपनाइएको छैन । 
     

ad
ad
ad
ad