१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कलेज प्रमुखको हत्या आरोपमा पेस्तोलसहित थप एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:१२:oo

योसँगै किटानी जाहेरी र प्रहरीको अनुसन्धानबाट कुसवाहको हत्या आरोपमा आठजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता

कलैयास्थित रामराजा बहुमुखी कलेजका प्रमुख हरिभूषण कुसवाहको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एकजना पक्राउ गरेका छन् । गत ३२ जेठमा आदर्श कोतवाल गाउँपालिका– २ खजुरियाका रामराजा बहुमुखी क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख कुसवाहको हत्यामा प्रयोग भएको दुई थान पेस्तोल र एकथान गोलीसहित हरिन्दर महरा चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले बारागढी गाउँपालिका– ५ पथरा टोलका ४२ वर्षीय चमारले आफ्नो घरभन्दा करिब दुई सय मिटर टाढा रहेको बारीमा गाडेर राखेको अवस्थामा प्रहरीले दुई थान पेस्तोल र एक थान गोली फेला पारेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । योसँगै किटानी जाहेरी र प्रहरीको अनुसन्धानबाट कुसवाहको हत्या आरोपमा आठजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

ad
ad
ad
ad