१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार ११:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
साहित्य प्रिन्ट संस्करण

अभिताभ बच्चनलाई मन पर्ने पुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:३९:oo

द अनार्की
विलियम डलरिम्पलको यो पुस्तक बच्चनलाई मन पर्ने पुस्तकमध्ये एक हो । उनले लकडाउनको समय यो पुस्तक पढेका थिए । मुगल साम्राज्य र क्षेत्रीय शक्तिहरूलाई दबाउँदै इस्टइन्डिया कम्पनीले कसरी भारतमा पकड बलियो बनायो भन्ने विषयमा पुस्तक केन्द्रित छ । व्यापारका लागि भारत छिरेको यो कम्पनीले १८औँ शताब्दीको सुरुवाततिर नै बम्बई, कोलकाता र मद्रासमा आफ्ना अखडाहरू बनाउन थालेको थियो । १७५७ मा पालसीको युद्धमा विजय भएर बंगालको राजनीतिमा प्रभुत्व जमाएको यस कम्पनीले १८०३ सम्म आइपुग्दा भारतका लगभग सबै क्षेत्र कब्जामा लिइसकेको थियो । 

टकिङ टु माई डटर 
बच्चनलाई मन पर्ने यो पुस्तक यानिस भरोफाकिसले लेखेका हुन् । ग्रिसका पूर्वअर्थमन्त्रीसमेत रहेका भरोफाकिसले यस पुस्तकमा अर्थशास्त्रका जटिल सिद्धान्तहरू सहज भाषामा सबैले बुझ्ने गरी प्रस्तुत गरेका छन् । विश्व अर्थतन्त्रले हामीलाई कसरी प्रभावित गरिरहेको छ भन्ने विषय सबैले बुझ्न सकून् भन्ने लक्ष्य लेखकको छ । बच्चनले यसबारे भनेका छन्, ‘अर्थतन्त्रबारे छलफल गर्न चाहने मजस्ता सबैलाई यो पुस्तक पढ्न सिफारिस गर्छु । जो, देशको आर्थिक वृद्धिमा योगदान गर्न चाहन्छन्, तर कसरी गर्ने भन्ने थाहा छैन, उनीहरूले यो पढ्नु राम्रो हुन्छ । यसले धेरै ज्ञान दिन्छ ।’

प्रतिनिधि कविताय
यो पुस्तक चर्चित भारतीय कवि तथा अभिताभका पिता हरिशचन्द्रराय बच्चनका कविताहरूको संग्रह हो । उनी तेरा हार, मधुशाला, मधुवाला, निशा निमन्त्रण, एकान्त संगीत, हलाहल, खादी के फूल, आत्मपरिचयलगायत धेरै चर्चित कविताका रचनाकार हुन् ।

लिजेन्ड्स अफ सुहेलदेव
यो पुस्तकमा राजा सुहेलदेवको बहादुरीको चर्चा छ । सन् १०२५ अफगानिस्तानबाट आएका सुल्तान महम्मदको सेनासँग लड्दा–लड्दा भारतका अन्य राज्यहरू विभाजित र थकित भइसकेका थिए । यो सेनाले भारतका धेरै क्षेत्र कब्जा गरिसकेको अवस्थामा राजा सुहेलदेवले आफ्नो राज्य जोगाउन गरेको संघर्षलाई पुस्तकमा उतारिएको छ । यस पुस्तकले बलियो विद्रोहीविरुद्ध आफ्नो मातृभूमिको रक्षार्थ खडा हुने एक राष्ट्रवादीको साहस र वीरतालाई विभिन्न किंवदन्तीको सहायताले कथाका रूपमा प्रस्तुत गरेको छ । ‘अमिशको लगाव र लेखनी गज्जबको छ । यो पुस्तक पल्टाइसकेपछि पूरा नपढी छाड्नै मन लाग्दैन,’ अभिताभले सामाजिक सञ्जालमा पुस्तकको कभर अपलोड गर्दै लेखेका थिए । 

इकवालसिंह चाहल (कोभिड वारियर)
मिनाज मर्चेन्टले लेखेको यस पुस्तकमा कोभिडले मुम्बई सहरमा निम्त्याएको भयावह अवस्थाबारे वर्णन गरिएको छ । कोभिड सुरु भएपछि बृहन्मुम्बई महानगरमा इकवाल सिंहले नगर कमिस्नरको जिम्मेवारी पाएका थिए । मुम्बईमा धनाढ्य मात्रै छैनन्, विश्वको सबैभन्दा ठूलो सुकुमवासी बस्ती पनि छ । जहाँ, सामाजिक दूरी पालना गर्न निकै कठिन थियो । तर, प्रतिकूलताका बाबजुद कोभिड नियन्त्रण गर्न र ठूलो संख्यामा जनताको ज्यान जोगाउन महानगरको टोली बहादुरीपूर्वक खट्यो ।

अस्पताल, एम्बुलेन्स र औषधि व्यवस्थापनमा महानगरले खेलेको भूमिकाबारे पुस्तकमा चर्चा गरिएको छ । जिम्मेवारी बाँडफाँट, स्रोतको अधिकतम उपयोग, सही समयमा सही निर्णयलगायत कामले हजारौँको ज्यान जोगिएको थियो । विश्व स्वास्थ्य संगठनसहित विश्वका धेरै सहरले यसलाई ‘मुम्बई मोडल’ भनेर सराहना गरेका थिए । (एजेन्सीको सहयोगमा )

ad
ad
ad
ad