१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको २१.५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:५१:oo

 नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार नौ सय ४९ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

सभामा कम्पनी सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ । साथै, लेखा परीक्षकको प्रतिवेदनसहितको आव ०७८/७९ र आव ०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । 

त्यस्तै, आव ०७९/८० का लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक पनि सभाले अनुमोदन गरेको छ । यसका साथसाथै साधारणसभाले सञ्चालक समितिमा संस्थापक समूह (क)का सेयरधनीबाट तीनजना सञ्चालक, सर्वसाधारण समूह (ख)का सेयरधनीको तर्फबाट तीनजना सञ्चालक तथा एकजना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको हो । ०८१ जेठ मसान्तसम्ममा यस कम्पनीको लगानी २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । 

ad
ad
ad
ad