१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:३o:oo

सन् १९२८ : आविष्कारक जोन लोगी बेयर्डले लन्डनमा विश्वमा पहिलोपटक रंगीन टेलिभिजन प्रसारणको प्रदर्शनी गरे । 

सन् १७७५ : जर्ज वासिंटनले अमेरिकी स्वतन्त्र सेनानीको सैन्य बल ‘कन्टिनेन्टल सेना’को नेतृत्व सम्हाले । 

सन् १८६३ : जुलाई १ बाट सुरु भएको अमेरिकी गृहयुद्धको सबैभन्दा रक्तपातपूर्ण तथा निर्णायक मुठभेड गेटिसवर्गमा आजकै दिन अन्त्य भयो । ५० हजारको ज्यान गएको यस मुठभेड अब्राहम लिंकन नेतृत्वको युनियन सेनाको जितमा टुंगिएको थियो । 

सन् १९६२ : अल्जेरियामा फ्रान्सको शासनविरुद्ध आठ वर्षदेखि जारी क्रान्ति अन्त्य भयो । दुई दिनपछि जुलाई ५ मा अल्जेरियाले स्वतन्त्रता हासिल ग¥यो । 

सन् १९९० : छिमेकी आइभरी कोस्टबाट लाइबेरिया पसेका विद्रोहीले राजधानी कब्जा गर्न लाग्दा लाइबेरियाका राष्ट्रपति स्यामुयल कान्योन डोईले राजीनामा दिने प्रस्ताव राखे । तर, उनी पछि विद्रोहीबाट पक्राउमा परी मारिए । 

सन् १९९२ : रंगभेदी नीतिका कारण सन् १९६१ मा फिफाले निष्कासित गरेको दक्षिण अफ्रिका परिवर्तित राजनीतिक वातावरणपछि पुनः सो संगठनको सदस्य बन्यो । 

सन् २०१३ : इजिप्टमा भएको सैन्य कुमा राष्ट्रपति मोहमद मोसी अपदस्थ गरिए । एड्ली मनसुर अन्तरिम राष्ट्रपति चुनिए । 

सन् २०१८ : मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक राज्य विकास कोष ‘१ एमडिबी’बाट ७० करोड डलर हिनामिना मुद्दामा पक्राउ परे । 

सन् २०१९ : भेरिस्क म्यापलक्रोफ्टले गरेको अनुसन्धानमा अमेरिका सबैभन्दा धेरै प्रतिव्यक्ति फोहोर निष्कासन गर्ने तर सबैभन्दा कम (३५ प्रतिशत) रिसाइकल गर्ने देश पाइयो भने सबैभन्दा धेरै रिसाइल गर्ने देश जर्मनी (६८ प्रतिशत) देखियो । 

ad
ad
ad
ad