१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
एजेन्सी वासिंटन डिसी
२o८१ असार १९ बुधबार o९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

पूर्वराष्ट्रपतिले पदमा रहँदा गरेका कामविरुद्ध मुद्दा नलाग्ने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राहत

Read Time : < 1 मिनेट
एजेन्सी, वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:४१:oo

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च अदालतले राहत दिएको छ । अदालतले देशका पूर्वराष्ट्रपतिले तिनको पदमा रहँदा गरेका कामविरुद्ध कानुनी कारबाहीमा केही हदसम्म छुट हुने निर्णय सुनाएको छ ।

यसले फैसलाप्रति वर्तमान राष्ट्रपति जो बाइडेनले असन्तुष्टि व्यक्ति गर्दै अदालतले डरलाग्दो नजिर बसालेको चिन्ता व्यक्त गरे । नोभेम्बरको निर्वाचनमा ट्रम्पले जिते भने उनले यसको गलत प्रयोग गर्न सक्ने बाइडेनले चेतावनी दिएका छन् । सर्वोच्च अदालतले सन् २०२० मा ट्रम्पको राष्ट्रपतिकालमा भएको निर्वाचनको नतिजा उल्ट्याइएको मामिलालाई पुनः ट्रायल कोर्टमा पठाएको छ । 

सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नोभेम्बरको चुनावअघि पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ठूलो सुनुवाइ हुने सम्भावना सकिएको छ । जसले ट्रम्प राष्ट्रपति बन्ने बाधा पनि हटेको छ । पूर्वराष्ट्रपति भएकाले केही अभियोजन मुद्दामा ट्रम्पले उन्मुक्ति पाएको तर उनलाई अनधिकृत गतिविधिमा छुट नभएको सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ ।

यस्तो अवस्थामा के आधिकारिक हो र के अनधिकृत भन्ने तय गर्न सर्वोच्चले मुद्दा तल्लो अदालतमा पठाएको छ । यो निर्णय सर्वोच्च अदालतका नौ न्यायाधीशबीच ६–३ को बहुमतले भएको हो ।

‘सबै व्यावहारिक उद्देश्यले हेर्दा आजको निर्णयको अर्थ अब राष्ट्रपतिले जे पनि गर्न सक्छन् भन्ने हो । मौलिक रूपमा यो नयाँ सिद्धान्तले एक खतरनाक नजिर बसालेको छ,’ ह्वाइट हाउसमा आफ्नो सम्बोधनमा बाइडेनले भनेका छन् । यस फैसलाले ट्रम्पमा मैले जे पनि गर्न पाउँछु/सक्छु भन्ने भावना बढ्ने चिन्ता पनि उनले गरेका छन् ।

ad
ad
ad
ad