१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

राष्ट्रपतिको दौडबाट बाहिरिन चाहँदैनन् बाइडेन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:४६:oo

आइतबार सार्वजनिक एक विश्वसनीय सर्वेक्षणमा ४५ प्रतिशत डेमोक्य्राटिक मतदाताले बाइडेनले राष्ट्रपतिको उम्मेदवारी त्याग्नुपर्ने बताएका छन्

जुन २७ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको टेलिभिजन बहसमा राष्ट्रपति जो बाइडेनको प्रस्तुतिले उनको उम्मेदवारीको निरन्तरतामाथि प्रश्न खडा गरेको छ । तथापि, त्यसपछिका दिनमा डेमोक्य्राटिकको अभियानले बाइडेनको प्रस्तुतिलाई बचाउने प्रयत्न गरेको छ र अहिलेका लागि केही हदसम्म सफल पनि भएको छ । गोप्य रूपमा बाइडेनका प्रतिनिधिले अत्यधिक रकम खर्च गर्ने दाताहरूको चिन्तालाई शान्त पार्ने काम गरे । सार्वजनिक रूपमा तिनीहरूले बहसमा राष्ट्रपतिको प्रस्तुतिबारे उल्लेखनीय मात्रामा स्पष्टीकरण लिएर आए, यो केवल भावनाविहीन, पीडादायी एउटा नराम्रो रात र द्विविधापूर्ण तथा ९० मिनेटको भुलक्कड क्षण थियो । निश्चित रूपमा त्यो बहस सहभागी उम्मेदवारले बिर्सिएको क्षण थियो । तर, डोनाल्ड ट्रम्प लोकतन्त्रका लागि खतरा हुन् भन्ने तपाईंलाई थाहा छैन ?

बहसको भोलिपल्ट जुन २८ को दिन बाइडेनको अभियानको सबैभन्दा कमजोर समय थियो, जसलाई इतिहासका लेखकले विस्तृत रूपमा अवश्य जाँच गर्नेछन् । केही घन्टाभित्रमा विपक्षी अमेरिकी मिडियाका मुख्य आधारले बाइडेनलाई फेरि निर्वाचनमा उम्मेदवार हुने प्रयास त्याग्न आग्रह गरे । तिनीहरूमध्ये केही राष्ट्रपतिका रोजाइका थिए, एमएसएनबिसीका होस्ट जो स्कारबोरो (उनको कार्यक्रमलाई राष्ट्रपति बाइडेनले नजिकबाट हेर्छन्) र एट्लान्टिक (जहाँ बाइडेनले सन् २०२० मा आफ्नो उम्मेदवारीको कारण घोषणा गर्दै एउटा लेख नै लेखेका थिए) ले राष्ट्रपतिलाई राजीनामा दिन आग्रह गर्दै उनीहरूका स्तम्भकारबाट कम्तीमा आधा दर्जन तर्क प्रकाशित गरे । विदेश नीति स्तम्भकार टम फ्राइडम्यानले लेखे कि बहसले ‘उनलाई रुवायो’ किनभने उनले ‘अमेरिकी राष्ट्रपति अभियानको राजनीतिमा अझ हृदयविदारक क्षण सम्झन सकेनन् ।’ त्यो साँझ न्युयोर्क टाइम्सको सम्पादकीय बोर्डले पनि बाइडेनको आलोचना गर्‍यो ।

बाइडेनले आफ्नो पार्टीको मनोनयन पहिले नै कब्जा गरिसकेकाले आफ्नो उम्मेदवारी असुरक्षित थियो भनेर उनी विश्वस्त हुनु आवश्यक छ । यदि उनका डेमोक्य्राट साथीबीच विद्रोह भइदिएको भए उनको प्रस्तुति त्यस्तो नहुन सक्थ्यो । यद्यपि, संसद्मा डेमोक्य्राट्स र विभिन्न गभर्नरबीच मौन रहने समझदारी बन्यो ।

कुनै पनि डेमोक्य्राटिक विधायकले सार्वजनिक रूपमा बाइडेनविरुद्ध बोल्ने हिम्मत गरेनन् कि उनीहरू बाइडेनको उम्मेदवारीप्रति व्यक्तिगत रूपमा चिन्तित थिए ।

पार्टीका ठूला नेताहरू बाइडेनवरपर भेला भए । अझ पूर्वराष्ट्रपतिहरूले पनि बाइडेनकै समर्थन गरे । सबैभन्दा महŒवपूर्ण त बराक ओबामाले समर्थनको एक सार्वजनिक बयान जारी गर्दैै भने, ‘खराब बहसका रात हुन्छन् । मलाई विश्वास गर्नुहोस्, मलाई राम्रो थाहा छ ।’ त्यस्तै बिल क्लिन्टनले भने कि उनले ‘बहसको मूल्यांकन गर्न पण्डितहरूलाई’ छोड्नेछन् ।

न्यान्सी पेलोसीले पनि डिबेटप्रति समर्थन जनाइन् । त्यस्तै दक्षिण क्यारोलिनाका संसद् सदस्य जिम क्लाइबन (जो राष्ट्रपतिका नजिकका सहयोगीसमेत हुन्) ले बाइडेनको प्रस्तुतिलाई केवल बेसबलको ‘फाउल बल’ भने । फाउल बल मूलतः त्यो बल हो, जुन ब्याटरले प्रहार गरेको हुन्छ, तर जानुपर्ने ठाउँमा जाँदैन । एक दिन बचेपछि बाइडेन एक हप्ता बच्ने सम्भावना छ र त्यसपछि सिकागोमा यही अगस्टमा हुने डेमोक्य्राटिक पार्टीको अधिवेशनसम्म बच्नेछन् । टेलिभिजन डिबेटपछि बाइडेन र उनको अभियानको अवज्ञा भने लगातार बढेको छ । तर, बहस उनीहरूको मनमा भने विजयको रूपमा परिणत भयो ।

‘मेरो रात राम्रो थिएन’ बाइडेनले शनिबार पूर्वी ह्याम्पटनमा एक कार्यक्रममा सहभागी हुने क्रममा स्वीकार गरे । ‘मतदाताको फरक प्रतिक्रिया थियो । बहस भएपछि चुनावको स्थितिमा थोरै परिवर्तन देखिएको छ । वास्तवमा हामीलाई बहसले उत्प्रेरित गर्‍यो,’ उनले भने, ‘ठूलो बाहिर निकालिएको अंश त ट्रम्पकोे झुटको बेलिविस्तार थिए,’ राष्ट्रपतिले इच्छापूर्वक तर्क गरे । ‘बहसपछि मानिसले याद गर्ने अवसर पाए कि उनको राष्ट्रपतीय कार्यकालमा कति नराम्रा चिज थिए । उनीहरूले ट्रम्पलाई कति धेरै मन पराउँदैनथे भनेर मानिसले सम्झिए ।’

पछि बाइडेन अभियानले निष्कर्ष निकाल्यो कि समस्या राष्ट्रपतिको प्रस्तुतिमा होइन । ‘समस्या यो हो कि यस विषयलाई मिडियाले कसरी रिपोर्ट गर्‍यो भन्ने हो,’ राष्ट्रपतिको अभियानकी प्रबन्धक जेन ओमाली डिलनले शनिबार राति एउटा मेमो जारी गरेको भिडियोमा भनिएको छ । भिडियोमा उनले अगाडि भनेकी छिन्, ‘एक परिचित कथामा सहरिया वर्गले जो बाइडेनलाई गणना गरिरहेको छ ।’ उनले बहसपछिको २४ घन्टामा पनि ४२७ मिलियन डलर चन्दा संकलन भएको दाबी गर्दै रकम संकलनको सफलताको दाबी गरिन् । बाइडेनविरुद्ध कुनै गतिविधि नदेखिएको आफूहरूको आन्तरिक सर्वेक्षणले देखाएको उनले तर्क गरिन् ।

आगामी मतदानमा हुन सक्ने कुनै पनि घाटा तिनीहरूको नेताको कारण नहुने उनको तर्क छ । ‘यदि हामीले आउँदो हप्तामा सर्वेक्षणमा परिवर्तन देख्यौँ भने मिडियाका बढाइचढाइ गरिएका विवरणले चुनावमा उम्मेदवारलाई अस्थायी रूपमा असर गर्छ भन्ने कुरा पहिलोपटक हुनेछैन,’ उनले तर्क गरिन्, ‘हाम्रो टोलीलाई खतरा र जटिलता पन्छाउने र कडा प्रतिस्पर्धाबीच जितका लागि काम गर्नेबारे एक–दुई कुरा थाहा छ ।’

‘राष्ट्रपतिले चौबीसै घन्टा प्रस्तुति मात्र दिँदैनन्, उनी सक्रिय युद्ध क्षेत्रहरूमा विदेश भ्रमणसहित युवा प्रतिनिधिलाई थकितै बनाउने समयतालिकामा चल्छन्,’ ह्वाइट हाउसका प्रवक्ताले एक अमेरिकी समाचार आउटलेट एक्सियोसलाई भने । यदि एक खराब रातको डिबेट सत्य थियो भने बाइडेन यसलाई प्रमाणित गर्न पत्रकारसँग अलिखित अन्तर्वार्ताका लागि बस्न सक्थे । उनले त्यसो गरेनन् । डिलनको बर्खास्तीका बाबजुद बाइडेनको सर्वेक्षण संख्यामा अझै गिरावट आउन सक्छ, किनकि बहस जारी भएपछि सर्वेक्षण गरिएका थिए । तर, अमेरिकी जनमतको स्थिर र ध्रुवीकृत अवस्था (जसले हप्तौँदेखि राष्ट्रपति बाइडेनलाई ट्रम्पभन्दा निरन्तर पछाडि राखेर हानि पुर्‍याइरहेको थियो) अब सहयोगी साबित हुन सक्छ ।

सिबिएस न्युज र युगभले आइतबार सार्वजनिक गरेको सर्वेक्षणले दर्ता गरिएका ४५ प्रतिशत डेमोक्य्राटिक मतदाताले राष्ट्रपतिले उम्मेदवारी त्याग्नुपर्ने बताएका छन् । पूर्वाग्रहको अर्थ यो हो कि यदि बाइडेनले विरोध गरे भने उनीहरूले आफ्नो भोटिङ मनसाय परिवर्तन गर्ने सम्भावना छैन ।

लो प्रोफाइल डेमोक्य्राटहरूले पनि अलोकप्रिय राष्ट्रपतिले भन्दा राम्रो विचार व्यक्त गर्दै आएका छन् । विशेषगरी सिनेटको निर्वाचनमा उनीहरूले राम्रो राय दिने गरेका छन् । यदि तिनीहरूको संख्या घट्यो भने व्यक्तिगत असन्तुष्टि सार्वजनिक हुन सक्छ । निर्वाचन अभियानले दबाब महसुस गर्न सक्ने दोस्रो तरिका भनेको चन्दा घट्नु हो ।

विशेषगरी न्युयोर्कको अदालतले ३४ वटा अपराधमा ट्रम्पलाई दोषी ठहर गरेपछि कोष संकलन अभियानमा बाइडेनलाई फाइदा पुगेको छ । ह्वाइट हाउसले राष्ट्रपतिको फिटनेसको रक्षा गर्नुपरेको यो अन्तिमपटक भने होइन । कुनै पनि सानो गल्तीको पक्षमा तर्क गर्न गाह्रो हुन्छ । डिबेटजस्तै अर्को क्षण सायद घातक साबित हुनेछ (सिद्धान्ततः उनी सेप्टेम्बरमा अर्को बहसका लागि प्रतिबद्ध छन्) । यसको मतलब उम्मेदवारलाई सुरक्षित राख्न बाइडेन अभियानले अझ कठोर प्रयास गर्नेछ । त्यसैले बाइडेन डेमोक्य्राटिक पार्टीबाट टिकट पाएर शीर्षमा प्रतिस्पर्धा गर्ने सम्भावना कायम छ । संसदीय प्रणालीविपरीत उनलाई सत्ताच्यूत गर्ने कुनै वास्तविक संयन्त्र छैन । बाइडेन प्रतिस्पर्धाबाट फर्किए भने पार्टीभित्र अहिले विभाजनको डर पर्याप्त रहेको बाइडेन र उनका प्रतिनिधिहरूले महसुस गरेका छन् ।

यसरी राष्ट्रपतिले आफ्नो दुःखका कारक ट्रम्पबाटै पाठ सिकेकोजस्तो देखिन्छ । ट्रम्पले महसुस गरे कि यदि उनले आफ्नो पार्टीबाट संकटको क्षणमा राजीनामा दिनका लागि गरिएको आह्वानलाई बेवास्ता गरे भने अन्ततः उनीहरू सबै उनको अडानमा फर्किन्छन् । अहिले डेमोक्य्राटिक पार्टी राष्ट्रपतिको पुनः निर्वाचित हुने प्रयत्न, आकर्षक उप–राष्ट्रपतिको अभावबाट डुबेको लागतले थलिएको छ । अझै सबैभन्दा बढी त यसले ट्रम्पको मौकालाई मात्र फाइदा पुर्‍याउने देखिन्छ । यो सम्भवतः राष्ट्रपतिको आफ्नै पार्टीलाई तर्साउन काम गर्नेछ । तर, मतदातालाई मनाउन यो त्रुटिपूर्ण रणनीति हो ।

–द इकोनोमिस्टबाट
 

ad
ad
ad
ad