१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

छालाको संक्रमण कम गर्न मड थेरापी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:५३:oo

माटोबाट उपचार गरिने चिकित्सा विधि परम्परागत हो । आयुर्वेदमा पनि माटोको प्रयोग गरी प्राकृतिक उपचारात्मक विधिबारे उल्लेख छ । ओसिलो, हिलो माटोको ओसले छालालाई आराम दिन्छ र प्वालहरू खुल्छन् । यसले विकारहरूलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ । साथै, माटोबाट पोषक तत्वहरू शरीरमा सोसिन्छन् । हिलो सुक्दा छाला कडा हुन्छ । रक्तसञ्चार बढ्दै जान्छ र सम्पूर्ण शरीरमा पोषण प्रवाह हुन्छ । 

छाला चिलाउने, लुतो आउने, विभिन्न किसिमका घाउ खटिरा हुने तथा सुन्दरताका लागि पनि माटोको प्रयोग गर्न सकिन्छ । संक्रमित भागमा भिजाइएको माटोको लेपन लगाउने र १५ मिनेटजति सुकाउने गर्नुपर्छ । सुकिसकेपछि मनतातो पानीले नुहाउनुपर्छ । यसरी छालामा माटोको लेपन लगाउँदा छालामा भएका कीटाणु मर्छन् । त्यति मात्रै होइन, माटोमा हुने तŒवका कारण छालाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

 माटोको प्रयोगले छालाको दुर्गन्ध, काखी गनाउने, खुट्टा गनाउनेजस्ता समस्याबाट बच्न सकिन्छ । हाडजोर्नी, बाथ, युरिक एसिडजस्ता समस्याका लागि पनि यो विधि अपनाउन सकिन्छ । माटोमा नाइट्रोजन, फस्फोरस, पोटोसियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, आइरन, बोरन, कप्परजस्ता तत्व पाइन्छन् । माटोमा हुने यस्ता तत्वले पहिलो कुरा त छालामा संक्रमण हुन दिँदैनन् । अर्कोतर्फ छालामासंक्रमण भएको अवस्थामा पनि त्यस्ता संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्छ ।तर, माटो भने शुद्ध र चिम्ट्याइलो (लिसाइलो) नै हुन आवश्यक छ । यस्तो माटोबाट संक्रमण हुने सम्भावना कम हुन्छ । 

ad
ad
ad
ad