१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:१५:oo

 प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन १०० रुपैयाँ अंकित दरमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद जारी गर्न लागेको हो । 

कम्पनीले ८३ करोड ५० लाख १३ हजार पाँच सय ४४ रुपैयाँबराबरको उल्लिखित कित्ता हकप्रद निष्कासनका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्सबीच दुईपक्षीय सम्झौता गरेको छ । सम्झौताअनुसार एनआइसी एसिया क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धककोे काम गर्नेछ । 

उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्चित बज्राचार्य र एनआइसीका सिइओ रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । 
 

ad
ad
ad
ad