१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्योग नवीकरण नभएपछि क्रसर व्यवसायीको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:२१:oo

 पटक–पटक माग गर्दा पनि क्रसर उद्योगहरू नवीकरण नभएपछि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । गत असार १ गतेदेखि उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग–व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले माग सम्बोधन नगरेपछि आन्दोलन गर्न बाध्य भएको बताए । ‘हामी असार १ गतेदेखि निरन्तर आन्दोलनमा छौँ । तर, सरकारले हाम्रो माग सम्बोधन गरेको छैन,’ उनले भने, ‘माग सम्बोधन नभएसम्म आन्दोलन तथा विरोध प्रदर्शन जारी रहन्छ ।’

व्यवसायीहरूको माग सम्बोधनमा सरकार गम्भीर नभएको पनि उनले बताए । व्यवसायीहरूले उद्योग नवीकरणको आफूहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेसिनरी औजार, हेभी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरूसमेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

अहिले उद्योगी–व्यवसायीको बटमलाइन भनेको कानुनसम्मत दर्ता भएका उद्योगहरूको नवीकरण रहेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए । क्रसर उद्योगीहरूले विगत १० वर्षदेखि उद्योगहरूको नवीकरण हुन नसक्दा आफूहरू मारमा परेको उनको भनाइ छ ।

सरकारले लिएका विभिन्न नीतिका कारण १० वर्षदेखि यस्ता उद्योगको लाइसेन्स नवीकरण हुन सकेको छैन । सरकारबाट जारी भएका अव्यावहारिक निर्णयका कारण पछिल्लो १० वर्षदेखि निरन्तर रूपमा क्रसर, खानी तथा बालुवा उद्योगहरूले नवीकरणसम्बन्धी समस्या झेल्दै आएको व्यवसायीको भनाइ छ । जिल्लामा रहेका घरेलु तथा  साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पनि नवीकरणको भाषा र व्यवस्था स्पष्ट नभएको भन्दै फर्काउने गरेको उनीहरूले बताए । 

ad
ad
ad
ad