१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० आईबाट विराट कोहलीको सन्न्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o६:२३:oo

भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’

फाइनलमा गेम चेन्जर
भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो । यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन् । निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे । फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए । 

सन् २०१० मा डेब्यु
कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् । 

ad
ad
ad
ad