१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार o८:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o८:३५:oo

नेपालले श्रीलंकामा आयोजना हुने एसिसी महिला एसिया कपमा सातपटकको च्याम्पियन भारतसँगै पाकिस्तान र युएईसँग खेल्दै छ 

नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले एसिसी महिला एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । मूलपानी माथिल्लो मैदानमा टोलीलाई तयार गरिरहेका प्रशिक्षक कटवालले दमदार प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको जनाए । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा धेरै सुधार भएको प्रस्ट पारे । ‘पछिल्लो समयभन्दा यसपटक ब्याटिङ, बलिङ र फिल्डिङमा धेरै सुधार भएको छ,’ कटवालले भने, ‘त्यसैले पनि आत्मविश्वास बढेको छ । आशा गरौँ एसिया कपमा सानदार प्रदर्शन हुनेछ ।’

एसिया कप श्रीलंकामा हुँदै छ । समूह ‘ए’मा नेपालसहित सातपटकको च्याम्पियन भारत र पाकिस्तानसँगै युएई छन् । नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगितामा भारत सर्वाधिक सातपटकको च्याम्पियन हो । समूहको शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । फाइलन खेल २८ जुलाईमा हुनेछ । इन्दु बर्माको कप्तानीमा रहेको टोलीमा सीता रानामगर, रुविना क्षेत्री, सबनम राई, विन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, सम्झना खड्का, डली भट्ट, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी र राजमती ऐरी छन् । 

सन् २०१२ मा पहिलोपटक एसिया कप खेलेको नेपालले यो तेस्रो सहभागिता हो । यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । प्रशिक्षक कटवालले भारत र पाकिस्तानको सामना गर्न गाह्रो हुने बताए । तर, नेपाल चुनौती दिन तयार रहेको पनि प्रस्ट पारेका छन् । ‘भारत र पाकिस्तान टेस्ट टोली हुन् त्यसैले उनीहरूको सामना गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर यो टी–२० क्रिकेट भएकाले जे पनि हुन सक्छ ।’ 

उनले भारत र पाकिस्तानलाई एक सय २० रनभित्रमा समेट्न सके नेपालको सम्भावना पनि उत्तिकै रहेको बताए । प्रतियोगितामा भारत सातपटक च्याम्पियन हुँदा बंगलादेशले एकपटक जितेको छ । यसअघि नेपालले एसिसी प्रिमियर कप खेलेको थियो । समूह ‘डी’मा हङकङलाई आठ विकेट, भुटानलाई आठ विकेट, माल्दिभ्सलाई २१४ रन, कुवेतलाई आठ विकेटलाई हराउँदा सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । 

भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौँ : मनोज कटवाल, प्रशिक्षक, नेपाल
दुई महिनाको क्याम्पबाट राम्रो तयारी भएको छ । यसअघि जहाँ कमजोर थियौँ त्यहाँ सुधार गरेका छौँ । ब्याटिङ, फिल्डिङ र बलिङमै राम्रो भएको छ । हाम्रो टिममा तालमेल पनि राम्रो छ । भारत र पाकिस्तानसँग खेल्न निकै गाह्रो हुन्छ । उनीहरू टेस्ट राष्ट्र हुन् । टी–२० मा काउन्टर अट्याक हुन्छ । हामी दुवै टोलीलाई कमजोर मान्दैनौँ । हाम्रो स्तर के हो ? कस्तो खेल खेल्छौँ ? प्रतियोगिताबाट थाहा हुन्छ । 

ad
ad
ad
ad