१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ ९ बिहीबार १६:४८:००
Read Time : < 1 मिनेट
खेलकुद

शुक्रबारबाट राष्ट्रिय महिला फुटबल, पहिलो खेल बारबिसे र बिदुर नगरपालिकाबीच हुने

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १६:४८:००

रौतहटको चन्द्रनिगाहपुर शुक्रबारबाट उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

नेपाल फुटबल संघ रौतहटले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । चन्द्रपुर नगरपालिकाको मुख्य प्रायोजन तथा एन्फाको र जिल्ला फुटबल संघको आयोजनामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । 

प्रतियोगितामा नेपालका उत्कृष्ट आठ नगरपालिकाको सहभागिता रहने फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका छन् । 

प्रतियोगितामा प्रथम हुने नगरपालिकाले नगद तीन लाख पुरस्कार पाउने छ । प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमस नगद एक लाख ५० हजार र ५० ÷ ५० हजार पाउनेछन् । प्रतियोगिताको म्यानआफद सिरिजले एमाहाको एक थान स्कुटर पाउने फुटबल संघ प्रदेश २ का संयोजक नेपाल कार्कीले बताए । 

चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डीगढी नगरपालिका उदयपुर, बांसगढी नगरपालिका बर्दिया, बिरेन्द्रनगर नगरपालिका सुर्खेत, बारबिसे नगरपालिका सिन्धुपाल्चोक, विराटनगर महानगरपालिका मोरङ, बिदुर नगरपालिका नुवाकोटले प्रतियोगितामा सहभागीता जनाउने फुटबल संघ रौतहटका महांसचिव मधुसुदन धितालले जनाएका छन् । 

चन्द्रनिगाहपुरस्थित सेरबहादुर दर्लामी स्मृती खेल मैदानमा प्रतियोगिता शुक्रबार दिउँसोबाट हुने फुटबल संघ रौतहटले जानकारी दिएको छ । प्रतियोगिताको पहिलो खेल बारबिसे नगरपालिका र बिदुर नगरपालिकाबीच हुने छ ।