१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएसको अपाचे आरटिआर–१६० सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४१:oo

 टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटिआर–१६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकका लागि थुप्रै उत्पादन प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकलप्रेमीमाझ लोकप्रिय छ । नयाँ आरटिआर–१६० स्ट्राइकिङ स्टाइल एलिमेन्ट र रेसिङ डिएनएअनुरूप नयाँ आकर्षक ग्राफिक्सका साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्ने र राइडरका लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने बताइएको छ । 

सन् २००५ मा पहिलोपटक लन्च भएको टिभिएस अपाचे, ६० भन्दा बढी देशमा लोकप्रिय बनेको छ । टिभिएस रेसिङको इतिहासलाई निरन्तरता दिँदै, टिभिएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा निर्माण र परिष्कृत शृंखलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको कम्पनीको भनाइ छ । 

प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले नेपालको टिभिएस मोटरका प्रिमियम सेग्मेन्टमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । टिभिएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘अपाचे आरटिआर–१६० सार्वजनिक गर्न पाउँदा खुसी छौँ । अपाचे आरटिआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

आरटिआर–१६० मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको बताइएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । आरटिआर १६०–म्याट ब्लु, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरी पाँचवटा रङहरूमा उपलब्ध हुनेछ । यसको मूल्य तीन लाख पाँच हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

ad
ad