१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कप्तान नगरकोटी १० साता मैदानबाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१८:oo

प्रशिक्षणका क्रममा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी कम्तीमा १० साता मैदान बाहिर रहने भएकी छिन् । एन्फा कम्प्लेक्समा प्रशिक्षण क्रममा सोमबार नगरकोटी घाइते भएकी थिइन् । गरकोटीको घाँटीमुनिको बायाँ हड्डी फयाक्चर भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई  मध्यनजर गर्दै महिला खेलाडी प्रशिक्षण दिँदै आइरहेको छ । एन्फाले घाइते भएकी नगरकोटीलाई उपचार गर्न तत्कालै ग्वार्कोस्थिति बीएण्डबी अस्पताल लगेको थियो । मंगलबारै उनको शल्यक्रिया समेत भएको छ ।

उनी बुधबार अस्पतालबाट डिस्चार्ज हुने एन्फाले जनाएको छ । दश साता मैदानबाहिर रहँदा नगरकोटीले काठमाडौंम हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता गुमाउने सम्भावना छ । नेपालले १३ देखि २५ भदौँसम्म महिला साफ च्याम्पियनसिप आयोजना गर्दैछ । 

सन् २०१० देखि नेपाली राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाएकी नगरकोटी एपिएफकी महिला टोलीकी कप्तान समेत हुन् । उनले नेपाली टोलीबाट दक्षिण एसियाली खेलकुद, साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेकी छिन् । राष्ट्रिय टोलीबाट उनले २५ पटक प्रतिस्पर्धा गरेकी छिन् ।

मंगलबारै एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा र दीपक खतिवडा, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले  नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 

ad
ad