१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल फोटो
२o८१ बैशाख ३१ सोमबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

राष्ट्रिय महिला फुटबल लिग : आर्मीको तेस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:१२:oo

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७–० ले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी लिगमा आर्मीको यो तेस्रो जित हो ।

आर्मीले पाँच खेलबाट १० अंक जोडदै दोस्रो स्थान रक्षा गरेको छ । लिगमा सात अंक जोडेको विराटनगर महानगरपालिका चौथो स्थानमा छ । आर्मीको जितमा शर्मिला पाथाले ह्याट्रिक गरेकी थिइन् । यसैगरी विमला चौधरीले दुई गोल गर्न सफल भइन् । विमला विक र रश्मी घिसिङले एक–एक गोल गरेका थिए । खेलको २९औँ मिनेटमा आर्मीले पेनाल्टीमा अग्रता लिने अवसर चुकाएको थियो । रश्मी घिसिङले प्रहार गरेको पेनाल्टीलाई विराटनगरकी गोलरक्षक कल्पना कार्कीले रोकेकी थिइन् । 

खेलको ३०औँ मिनेटमा विमला चौधरीले आर्मीलाई १–० को अग्रत दिलाइन् । एक गोल गरेपछि आर्मीले आफ्नो स्पिड समात्यो । मध्यान्तरअघि आर्मी ३–० ले अघि थियो । खेलको ४५औँ मिनेटमा शर्मिलाले आर्मीलाई ४–० को स्थितिमा पु¥याइन् । खेलको ६१औँ मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गरिन् । खेलको ६७औँ मिनेटमा रश्मीले आर्मीलाई ५–० र खेलको ७१औँ मिनेटमा विमलाले ६–० का लागि गोल गरेका थिए । खेलको ८४औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल थप्दा आर्मी ७–० ले विजयी भयो । 

ad
ad